ABC (Sanchar) । बहुविवाह मुद्दामा सजायको फैसलापछि फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगामाया नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ वैशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यस्तै गंगामाया नेपालीलाई सोही फैसला अनुसार १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएर अदालतको आदेश बमोजिम कैद भुक्तान गर्न जिल्ला कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।