२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बहुविवाह मुद्दामा सजायको फैसलापछि फरार रहेका २ जना प्रतिवादी पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

ABC (Sanchar)   । बहुविवाह मुद्दामा सजायको फैसलापछि फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगामाया नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ वैशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यस्तै गंगामाया नेपालीलाई सोही फैसला अनुसार १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएर अदालतको आदेश बमोजिम कैद भुक्तान गर्न जिल्ला कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!