२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

अस्पतालका डाक्टर मृत भेटिए

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar) विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन् ।

एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबीबीएस बङ्गलादेशबाट गरेको परिवारले जनाएको छ । अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!