२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्युठान जिल्लामा पहिलो पटक महिला सिडियो सुनिता नेपालले जिल्ला हाक्दै

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

(ABC=SANCHAR)
प्युठान । महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि प्युठान जिल्लाले पहिलो पटक महिला प्रमूख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयमा सहसचिव रहनुभएकी सुनिता नेपाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर प्युठानमा आएपछि जिल्लाको नेतृत्व महिलाको हातमा पुगेको हो ।

गृह मन्त्रालयले हालै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत सुनिता नेपाललाई प्युठानको जिम्मेवारी दिएर पठाएको हो । २०२७ सालदेखि अहिलेसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४१ औ सिडियोको रुपमा सुनिता नेपालले जिम्मेवारी सम्हाल्नुभएको हो ।

अर्घाखाँचीकि बासिन्दा प्रजिअ नेपाल २०६१ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । यस अघि महिला मन्त्रालय र मुस्लिम आयोगमा जिम्मेवारी सम्हालेको अनुभव उहाँसँग छ ।

प्रजिअ नेपालले कार्यालयमा काम सुरु गरेसंगै कर्मचारीको बैठक बसेर जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरु, दल, पत्रकार र सरोकारवालासंग छलफल र संवाद गरिरहनुभएको छ । कामनाडेलि संग टेलिफोनमा कुराकानि गर्दै प्रजिअ नेपालले आफूले सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले कानुनले दिएको बाटोमा अडिक रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]