२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

प्युठान जिल्लामा पहिलो पटक महिला सिडियो सुनिता नेपालले जिल्ला हाक्दै

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

(ABC=SANCHAR)
प्युठान । महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि प्युठान जिल्लाले पहिलो पटक महिला प्रमूख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयमा सहसचिव रहनुभएकी सुनिता नेपाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर प्युठानमा आएपछि जिल्लाको नेतृत्व महिलाको हातमा पुगेको हो ।

गृह मन्त्रालयले हालै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत सुनिता नेपाललाई प्युठानको जिम्मेवारी दिएर पठाएको हो । २०२७ सालदेखि अहिलेसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४१ औ सिडियोको रुपमा सुनिता नेपालले जिम्मेवारी सम्हाल्नुभएको हो ।

अर्घाखाँचीकि बासिन्दा प्रजिअ नेपाल २०६१ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । यस अघि महिला मन्त्रालय र मुस्लिम आयोगमा जिम्मेवारी सम्हालेको अनुभव उहाँसँग छ ।

प्रजिअ नेपालले कार्यालयमा काम सुरु गरेसंगै कर्मचारीको बैठक बसेर जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरु, दल, पत्रकार र सरोकारवालासंग छलफल र संवाद गरिरहनुभएको छ । कामनाडेलि संग टेलिफोनमा कुराकानि गर्दै प्रजिअ नेपालले आफूले सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले कानुनले दिएको बाटोमा अडिक रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]