२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नरैनापुरमा एमालेद्वारा आगलागीबाट विस्थापित १६ घर परिवारलाई राहत वितरण

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८


(ABC=SANCHAR)
बाँके । नरैनापुर गाउँपालिकामा आगलागीबाट विस्थापित भएका १६ घर परिवारलाई नेकपा एमालेले २७ पिस जस्तापाता टिन सहित खाद्यान्न सामग्री वितरण गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार नेपालगन्जमा पार्टी प्रवेश कार्यक्रममा १ लाख नगद र जस्तापाता टिन सहित खाद्यान्न सामग्री प्रति परिवारलाई राहत दिने घोषणा गरेका थिए ।

सो घोषणा लागत्तै शुक्रबार २७ पिस जस्तापाता टिन सहित खाद्यान्न सामग्री वितरण गरिएको छ भने रु १ लाख नगद प्रति पिडित परिवारहरुको बैंक खातामा जम्मा गरिने नेकपा एमालेका केन्दि«य सदस्य तथा बाँकेका सह इन्चार्ज मोहम्मद हारुनले बताए ।

नरैनापुरको कृष्णनगरमा यही चैत्र २१ गते सोमबार आगलागी भएको थियो । करिब डेढ घण्टा पछि स्थानिय दमकल, प्रहरी, स्थानिय बासीको सहयोगमा आगलागी नियन्त्रण्मा आएको थियो । सो आगलागीबाट करिब १८ लाखको क्षति भएको अनुमान गरिएको छ ।

सो राहत वितरण कार्यक्रममा नेकपा एमालेका केन्दि«य सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल, नेकपा एमालेका केन्दि«य सदस्य तथा बाँकेका सह इन्चार्ज मोहम्मद हारुन, अनुशासन आयोग सदस्य देवराज भार, एमाले प्रदेश कमिटि सदस्य आरती पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]