११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २६, २०७८

ABC ( Sanchar) काठमाडौंको तीनकुनेबाट प्रहरीले बैंकिङ कसुरमा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थायी घर भई काठमाडौ महानगरपालिका ३४ बस्ने ४० वर्षीय मनोजकुमार भण्डारी रहेका छन् ।

भण्डारीलाई बैंकिङ कसुरमा सिआइबीको टोलीले शुक्रबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (एआइजी धीरजप्रताप सिंहले जानकारी दिए । भण्डारीमाथि महोत्तरी जिल्ला अदालतले चेक अनादर विगो मुद्दामा चैत १८ गते पक्राउ गर्न आदेश दिएको थियो । भण्डारीलाई अदालतले २ वर्ष कैद सजाय तोकेको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!