२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

अहिलेको मूल एजेन्डा नै आर्थिक समृद्धि – टोप बहादुर घर्ती

Logo
प्रकाशित आइतबार, बैशाख ०४, २०७९


(ABC=SANCHAR)
दाङ ।तुलसीपुर मुलुकको समृद्धिका लागि उद्योगी व्यवसायीको अहमं भूमिका रहेको भन्दै उनीहरुका जायज मागप्रति सरकार सकारात्मक र प्रतिवद्ध रहनुपर्नेमा व्यवसायीकोले जोड दिएका छन्। नेकपा एमाले निकट व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ तुलसीपुर नगर समितिले नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँहरुले सो धारणा राख्नु भएको थियो। कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा केन्द्रिय सदस्यमा निर्वाचित तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहनु भएका टोप बहादुर घर्तीलाई स्वागत तथा सम्मान गरिएको थियाे।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य घर्तीले व्यवसाय र उद्यमशीलता कसरी बढाउने भन्नेमा व्यवसायी प्रतिवद्ध रहनुपर्नेमा जोड दिनु भयो। ‘उद्योगी–व्यवसायीका जायज माग सरकारले पनि खुल्ला दिलले सुनिदिनुपर्छ र समस्या समाधानतर्फ लाग्नुपर्छ।’ उहाँले अहिलेको मूल एजेन्डा नै आर्थिक समृद्धि भएकाले त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग तथा उद्यमशीलता आवश्यक रहेको र यस्तो वातावरण निर्माणमा सरकार सकारात्मक बन्नुपर्ने बताउनु भयो।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ दाङका वरिष्ठ उपाध्यक्ष नरेश कुमार राजभण्डारीले महासंघ छोटो समयको अन्तरालमा नै समाजमा स्थापित हुन सक्षम भएको दावी गर्दै संघलाई अझ सुदृढ बनाउँदै अघि बढाइने बताउनु भयो।
महासंघ तुलसीपुर नगर समितिका अध्यक्ष होताराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिब तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!