१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले सात जनाविरुद्ध किटानी जाहेरी दर्ता

Logo
प्रकाशित आइतबार, बैशाख ०४, २०७९

कञ्चनपुरको वेदकोट नगरपालिका–६ की रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले सात जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार साउदको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै सात जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि आफन्तले आइतबार जाहेरी दर्ता गराएका हुन ।प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले पक्राउ परेका व्यक्तिमाथि आफन्तहरुले जाहेरी दर्ता गराएको जानकारी दिए । उनका अनुसार आफन्तले वडा नम्बर ६ मा बस्दै आएका स्थानीय ३१ वर्षिया कमला साउद, ३८ वर्षिय गौरि साउद, ७२ वर्षिय नारायण भट्ट, ६० वर्षिय धर्मानन्द भट्ट, ३६ वर्षका चक्रसिंह साउद, ४३ वर्षका कुवेरबहादुर साउद र ५४ वर्षिया जानकी वराल रहेका छन् ।वेदकोट नगरपालिकाका वडा सदस्य धनसिंह पुजाराले रन्जुलाको हत्या तीन दिन अघि नै भएको आरोप लगाए । ‘शवको प्रवृति हेर्दा तीन दिन अघिनै हत्या गरेको देखिन्छ । एकै दिनमा शव गन्हाउने सम्भव छैन’ उनले भने –‘धामीले महिलालाई कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’शनिबार कमलाको घर आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताइएका फलामका डन्डी र बीचमा महिलाको शव थियो । महिलाको शव गन्हाइसकेको थियो । वडा सदस्य पुजाराका अनुसार महिला ज्यालादारीमा काम गर्दै आएकी थिइन । उनी एकल महिला हुन । उनका श्रीमानको सात वर्षअघि भारतमा मृत्यु भएको जनाइएको छ ।वडा सदस्य पुजाराले भने –‘तीन दिन अघिसम्म उनी प्रधानमन्त्री रोजगार कार्यत्रमअर्न्तगत श्रमको काम गरिरहेकी थिइन् । उनले त्यहाँ हाजिरी पनि लगाएको देखिन्छ । सिकिस्त विरामी थिइन् भने कसरी काममा गइन् ।’ उनले महिलाको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । उनको अटोप्सी रिपोर्ट नआएसम्म यकिन यहि हो भन्न सकिँदैन प्रहरी नायव उपरिक्षक शाहले भने ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!