२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले सात जनाविरुद्ध किटानी जाहेरी दर्ता

Logo
प्रकाशित आइतबार, बैशाख ०४, २०७९

कञ्चनपुरको वेदकोट नगरपालिका–६ की रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले सात जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार साउदको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै सात जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि आफन्तले आइतबार जाहेरी दर्ता गराएका हुन ।प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले पक्राउ परेका व्यक्तिमाथि आफन्तहरुले जाहेरी दर्ता गराएको जानकारी दिए । उनका अनुसार आफन्तले वडा नम्बर ६ मा बस्दै आएका स्थानीय ३१ वर्षिया कमला साउद, ३८ वर्षिय गौरि साउद, ७२ वर्षिय नारायण भट्ट, ६० वर्षिय धर्मानन्द भट्ट, ३६ वर्षका चक्रसिंह साउद, ४३ वर्षका कुवेरबहादुर साउद र ५४ वर्षिया जानकी वराल रहेका छन् ।वेदकोट नगरपालिकाका वडा सदस्य धनसिंह पुजाराले रन्जुलाको हत्या तीन दिन अघि नै भएको आरोप लगाए । ‘शवको प्रवृति हेर्दा तीन दिन अघिनै हत्या गरेको देखिन्छ । एकै दिनमा शव गन्हाउने सम्भव छैन’ उनले भने –‘धामीले महिलालाई कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’शनिबार कमलाको घर आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताइएका फलामका डन्डी र बीचमा महिलाको शव थियो । महिलाको शव गन्हाइसकेको थियो । वडा सदस्य पुजाराका अनुसार महिला ज्यालादारीमा काम गर्दै आएकी थिइन । उनी एकल महिला हुन । उनका श्रीमानको सात वर्षअघि भारतमा मृत्यु भएको जनाइएको छ ।वडा सदस्य पुजाराले भने –‘तीन दिन अघिसम्म उनी प्रधानमन्त्री रोजगार कार्यत्रमअर्न्तगत श्रमको काम गरिरहेकी थिइन् । उनले त्यहाँ हाजिरी पनि लगाएको देखिन्छ । सिकिस्त विरामी थिइन् भने कसरी काममा गइन् ।’ उनले महिलाको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । उनको अटोप्सी रिपोर्ट नआएसम्म यकिन यहि हो भन्न सकिँदैन प्रहरी नायव उपरिक्षक शाहले भने ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!