२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ परेका छन्।

सोमबार दिउँसो सवा १ बजे बूढानीलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फरार भएका थुनुवालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्चोक करमडाँडाका ४५ वर्षीय राजेश तिरूवा पक्राउ परेका हुन्।

उनी जबरजस्ती करणीको मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलको थुनामा थिए। प्यारालाइसिस भएको भन्दै उनलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो। उपचारको लागि भर्ना गर्नेक्रममा चैत २९ गते राति सवा १० बजे वीर अस्पतालबाट उनी फरार भएका थिए।

थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!