२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

स्थानीय निर्वाचन मर्यादित र भयरहित बनाउन प्रतिवद्व निरीक्षक सुजन शाह

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९


ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुजन विक्रम शाहले स्थानीय तहको निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिवद्व रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको इलाका प्रहरी कार्यालयमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरूवा भएर आएका शाहले बुधबार सरोकारवालाहरू सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

यही वैशाख २ गते प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक शाहले राप्ती गाउँपालिका क्षेत्रमा हुने निर्वाचनलाई व्यवस्थित बनाउन ससत्र प्रहरी र नेपाली सेना राष्ट्रिय अनुसन्धानसँग थप समन्वय हुने पनि बताए । त्यस्तै उनले यस क्षेत्रको शान्ति सुरक्षामा कुनै कमी नहुने पनि बताएका छन् ।

यस्तै उनले सरोकारवाला व्यक्तिहरूले उठाएका सवाल मध्ये लागू आैषध न्युनीकरण तथा चोरीका घटना प्रमुख चुनाैतीको विषय भएकाले यसको रोकथामका लागि प्रहरी एक्लैले नसक्ने हुँदा सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा कायम, लागु आैषध नियन्त्रण, सडक दुर्घटना, चोरीका घटना र प्रहरीले नागरिक प्रति गर्ने व्यवहारका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, उद्योगी, व्यापारी, यातायात व्यवसयी, संघ संस्थाका प्रमुख, समाजसेवी तथा बुद्धिजीवी र सञ्चारकर्मीहरूको सहभागीता रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]