२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

स्थानीय निर्वाचन मर्यादित र भयरहित बनाउन प्रतिवद्व निरीक्षक सुजन शाह

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९


ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुजन विक्रम शाहले स्थानीय तहको निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिवद्व रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको इलाका प्रहरी कार्यालयमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरूवा भएर आएका शाहले बुधबार सरोकारवालाहरू सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

यही वैशाख २ गते प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक शाहले राप्ती गाउँपालिका क्षेत्रमा हुने निर्वाचनलाई व्यवस्थित बनाउन ससत्र प्रहरी र नेपाली सेना राष्ट्रिय अनुसन्धानसँग थप समन्वय हुने पनि बताए । त्यस्तै उनले यस क्षेत्रको शान्ति सुरक्षामा कुनै कमी नहुने पनि बताएका छन् ।

यस्तै उनले सरोकारवाला व्यक्तिहरूले उठाएका सवाल मध्ये लागू आैषध न्युनीकरण तथा चोरीका घटना प्रमुख चुनाैतीको विषय भएकाले यसको रोकथामका लागि प्रहरी एक्लैले नसक्ने हुँदा सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा कायम, लागु आैषध नियन्त्रण, सडक दुर्घटना, चोरीका घटना र प्रहरीले नागरिक प्रति गर्ने व्यवहारका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, उद्योगी, व्यापारी, यातायात व्यवसयी, संघ संस्थाका प्रमुख, समाजसेवी तथा बुद्धिजीवी र सञ्चारकर्मीहरूको सहभागीता रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!