२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

गुप्तचरमा नयाँ प्रमुख चयनकाे तयारी

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं । नेपाल प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतीबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ बैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ भदौमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापा, सुमन बैद्य, सुनिल ढकाल लगायत प्रतिस्पर्धामा छन् । डिआइजी जोशी आफु सुदुरपश्चिमको भएकाले आफुलाई नै बनाउनुपर्ने भन्दै दैनिक जसो सुदुरपश्चिमका नेताहरुलाई भेटेर लबिङ गर्दै आएका छन् । तर, कार्यक्षमतामा उनी कमजोर मानिन्छन् ।
हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् । त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआइजीको एक दरबन्दी थप्ने चलखेल भएपनि निर्वाचन आचारसंहिता लागिसकेकाले एक मात्र बढुवा हुने भएका छन् । गुप्तचरी निकायको बढुवामा अत्याधिक राजनीतिकरण हुने भएकाले संस्था कमजोर बन्दै गइरहेको छ । हाल विभाग प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।