२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

गुप्तचरमा नयाँ प्रमुख चयनकाे तयारी

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं । नेपाल प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतीबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ बैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ भदौमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापा, सुमन बैद्य, सुनिल ढकाल लगायत प्रतिस्पर्धामा छन् । डिआइजी जोशी आफु सुदुरपश्चिमको भएकाले आफुलाई नै बनाउनुपर्ने भन्दै दैनिक जसो सुदुरपश्चिमका नेताहरुलाई भेटेर लबिङ गर्दै आएका छन् । तर, कार्यक्षमतामा उनी कमजोर मानिन्छन् ।
हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् । त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआइजीको एक दरबन्दी थप्ने चलखेल भएपनि निर्वाचन आचारसंहिता लागिसकेकाले एक मात्र बढुवा हुने भएका छन् । गुप्तचरी निकायको बढुवामा अत्याधिक राजनीतिकरण हुने भएकाले संस्था कमजोर बन्दै गइरहेको छ । हाल विभाग प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!