०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

अवैध सुन र मोबाइलसहित ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलेर ल्याएको सुन र मोबाइलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएका सुमनकुमार कापर, रोल्पा घर भएका खिमराज डाँगी, दाङ घर भएका प्रताप चौधरी र स्याङ्जाका सुरज हमाल छन् ।दुबईबाट हिमालय एयरलाइन्सको उडानमा काठमाडौं आएका कापरको साथबाट ५० ग्राम तौल भएको सुनको बिस्कुट बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । सोही उडानबाट आएका डाँडी र चौधरीको साथबाट जनही २५ ग्राम सुन र दुई–दुईथान आइफोन बरामद गरिएको छ ।सुरज हमाल उनीहरुसँग सुन र आईफोन संकलन गर्न विमानस्थलमा गएका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भिम प्रसाद ढकालले बताए । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!