२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाली कांग्रेस कोहलपुर नगर समितिको कार्यालयमा कांग्रेसका नेता कार्यकर्ताहरुले गरे तालाबन्दी

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

नेपाली कांग्रेस कोहलपुर नगर समितिको कार्यालयमा कांग्रेसका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

उम्मेदवार छनोटमा असहमती राख्दै उनीहरुले कोहलपुर बसपार्कमा रहेको नगर कार्यालय तालाबन्दी गरेका हुन् । कोहलपुरको मेयरको लागि युवा नेता पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

नेपाली कांग्रेसमा लामो ईतिहास बोकेका साथीहरु हुँदाहुँदै युवालाई टिकट दिएकोले आफुहरुको सहमती रहेको मेयरका आकांक्षी समेत रहेका कांग्रेसका नेता राजेन्द्र श्रेष्ठले बताए । ‘युवाहरुको विरोधमा हामीहरु छैनौं ।

ईतिहास बोकेका नेताहरु हुँदाहुँदै वडाध्यक्षमा हारेकालाई टिकट दिनुहुँदैन भन्ने हो’ उनले भने, ‘उहाँहरुलाई अन्य क्षेत्रमा समेत अवसर दिनुपर्छ । कोहलपुरमा मेयररै ताकेर पूराना नेताहरु बस्नुभएको छ । उहाँहरुलाई पार्टीले टिकट दिनुपर्छ ।’

नेता कार्यकर्ता नै विरोधमा उत्रिएपछि पार्टी कार्यालय परिसर अहिले तनावग्रस्त बनेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]