२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

नवलपरासी प्रहरीले लागूऔषध सहित २ जना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

ABC (क्राईमबिट)
चितवन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीबाट ठूलो मात्रामा लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

मंगलबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपी ५६ एएन ३९४२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो ।

मोटरसाइकलको डिक्की भित्र रहेको झोलामा डाईजापाम १७५ एम्पुल, फेनारगन १७५ एम्पुल र नुफिन १७५ एम्पुल अवैध लागूऔषध फेला पारेको हो ।

मोटरसाइकल चालक भारत जिल्ला महाराजगंज ग्राम रेगंहीया बस्ने बर्ष २० को भोलु चौहान र सोहि मोटरसाइकलमा सवार भारत जिल्ला गोरखपुर बस्ने वर्ष १९ को राकेश सहानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै जनाविरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!