२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सबैजना चुनावमा ब्यस्त भएको बेला बिरगंजको भेडाहा खोलामा तस्करद्वारा अवैध नदि-जन्य उत्खनन

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

(ABC=SANCHAR)
पर्सा । बिरगंज महानगरपालिका वडा नम्बर ३१ भेडाहा खोलाजन्य पदार्थको अवैध उत्खननको शिकार भएको छ ।

भेडाहा खोलाजन्य पदार्थ ठेक्का नलागेको अवस्थामा अवैध उत्खननको शिकार भएको हो । गत वर्ष यो खोलाको डेढ करोडमा ठेका लागेको थियो ।

चालू आवमा ठेक्का लाग्न सकेन तर अवैध उत्खननबाटै यहाँको बालुवा र ढुङ्गा सकिएको छ ।

वैशाख महीना पूरा नहुँदै यस नदीको ढुङ्गा–बालुवा सकिएपछि तस्करहरू राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैधरूपमा प्रवेश गरी नदीको दोहन गर्दै आएको स्थानीयले बताएका छन् ।

राष्ट्रिय निकुञ्जमा अवैधरूपमा हुने यस प्रकारको गतिविधि नियन्त्रणका लागि सैनिक खटेका छन् । तर सैन्य गस्तीको समय अघिपछि पारेर तस्करहरू अवैध उत्खनन र ढुवानी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]