
(महेन्द्र सिंह)
बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ्का प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाँके,तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित एक कार्यक्रमका बिच स्थानिय तहको निर्वाचनलाई लक्षित गरी आवश्यक निति निर्देशन दिएका छन ।
कार्यक्रममा बोल्दै डिआईजी उपाध्यायले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवम् निष्पक्ष रुपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो तर्फबाट पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सम्पन्न भएको थियो । 
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दिया, प्रहरी अस्पताल, सशस्त्र प्रहरी गण खजुरा, विधि विज्ञान प्रयोगशाला नेपालगंज लगायत बाट समेत उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।