ABC (क्राईमबिट)
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध फेसबुक स्टाटस लेखेको भन्दै मिडियाकर्मी यज्ञ बहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राप्ती पहिचान डटकमका संचालक समेत रहेका बुढाले प्रचण्ड दाङ आए जुत्ता प्रहार गर्छु भन्ने अभिव्यक्ति सामाजिक संजाल फेसबुकमा उल्लेख गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागी नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।अध्यक्ष प्रचण्डले चितवनमा आफनी छोरी रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जाने अभिव्यक्ति प्रति विरोध जनाउदै बुढाले चितवन बासीले सकेनन दाङ आए प्रचण्डलाई जुत्ता प्रहार गर्ने भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुभएको थियो । तर अहिले उक्त स्टाटस बुढाले हटाई सकेका छन् ।।