२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

बैशाख ३० गते शुक्रवारको दिन पानी पर्ने सम्भावना मौसमविद्

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९


(ABC=SANCHAR)
काठमाण्डौ । आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले चुनावका दिन त्यसको केही प्रभावले पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश(१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् घिमिरेले बताउनुभयो।

यस्तै अन्य प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव परेको छ । यसका कारण दिनहुँजसो पानी परिरहेको छ ।

यस्तै, यसपालि मनसुनमा पनि सरदरभन्दा बढी पानी पर्ने अनुमान छ । जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार आउँदो जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!