२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बैशाख ३० गते शुक्रवारको दिन पानी पर्ने सम्भावना मौसमविद्

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९


(ABC=SANCHAR)
काठमाण्डौ । आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले चुनावका दिन त्यसको केही प्रभावले पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश(१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् घिमिरेले बताउनुभयो।

यस्तै अन्य प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव परेको छ । यसका कारण दिनहुँजसो पानी परिरहेको छ ।

यस्तै, यसपालि मनसुनमा पनि सरदरभन्दा बढी पानी पर्ने अनुमान छ । जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार आउँदो जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!