२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

नेपाल प्रहरीका ४ एआईजीका लागि यी हुन् प्रतिस्पर्धी डीआईजीहरु पहिलो नम्बरमा उत्तमराज सुबेदी

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो ।

५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआईजीमा बढुवा सिफारिस गरेको छ । अब बाँकी एआईजी पदमा पनि डीआईजीहरुबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।

एआईजीको दाबेदारमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणबहादुर बीसी, दिवेश लोहनी, पूजा सिंह, मुकुन्दराज आचार्य, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य छन् ।

डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख छन् भने बीसीले प्रदेश १ र लोहनीले गण्डकी प्रदेशको कमाण्ड सम्हालिरहेका छन् ।

हालै मात्र चार प्रदेशको कमाण्ड सम्हाल्ने डीआईजीहरु पनि प्रतिस्पर्धामा देखिएका छन् । डीआईजी सिंहले वाग्मती प्रदेश, खाँले मधेश, उपाध्यायले लुम्बिनी र मोहनकुमार आचार्यले सुदूरपश्चिमको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

हाल एआईजीमा भने विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्रबहादुर धानुक छन् । प्रहरीमा एआईजी पदमा ५६ वर्षे उमेर हद लागू हुने गरेको छ । त्यसअनुसार हाल एआईजी भएका र हुने क्रममा रहेका केही अधिकारीले केही महिनाकै अन्तरालमा अवकाश पनि पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!