२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

स्थानीय निर्वाचन सुरक्षाका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

ABC (क्राईमबिट)
जुम्ला । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जुम्लाको सुरक्षा संयन्त्रले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । जसमा नेपाल प्रहरी ४ सय ३२,नेपाली सेना ३ सय ५० ,सशस्त्र प्रहरी २ सय ७० र ६ सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । ुनिर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ती खटिइसकेको छु उनले भने । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ ।निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।

त्यस्तै निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन् । उनले भनिन, ुमर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।ु

त्यस्तै नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठवटै स्थानीयतहमा नेपाली सेना परिचालन भएको बताए । उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुक्षाको लागी कुनै पनि कसर बाँकी नराखी कार्य गर्ने बताए ।

त्यस्तै सशस्त्रप्रहरीबल नम्वर ३३ गण जुम्लाका एसपी चित्रङ्गत दाहालले निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा जिल्ला स्थित सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताए । उनले भने,‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत काम गर्ने बताइएको छ । तर जुम्लामा केही भौगोलिक हिसावले बिकट स्थानमा रहेका मतदान स्थललाई लक्षित गरी चुनावमा हुन सक्ने राजनीति दलको प्रतिष्पर्धा र झडप लगायत चुनौती हुनसक्ने, आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्रले योजना बनायर अगाडी बढेको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!