२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

दाङको कोइलाबास सिमानामा वेवारिसे अबैध भरुवा बन्धुक बरामद

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९


ABC (क्राईमबिट)
दाङ । कोइलाबास नाकाबाट वेवारिसे अवस्थामा एउटा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप सशस्त्र प्रहरी बल भालुवाङले बरामद गरेको हो ।

गढवा गाउँपालिका ८ कोइलाबास नाकास्थित रहेको अन्तरखाल जंगलबाट वेवारिसे अवस्थामा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप बरामद गरेको सशस्त्र प्रहरी बल २९ नं. गण भालुवाङका सशस्त्र प्रहरी उपरिक्षक विनोद केसीले जानकारी दिनुभयो ।

कोइलाबास नाकामा अवैध हातहतियार ओसारप्रसार भैरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल भालुवाङ र बिओपि कोइलाबासबाट गढवा गाउँपालिकामा खटिएको  प्रहरी निरिक्षक माधव ढुंगेलको कमाण्डमा गएको टोलीले उक्त बन्धुकसहित बन्धुकमा प्रयोग हुने गोली र केप बरामद गरेको हो ।

यसैबिच, स्थानीय तह निर्वाचनमा सीमा क्षेत्रमा अपराधिक क्रियाकलाप हुन सक्ने कुराको मध्यनजर गर्दै नाकामा रहेको बिओपि र सशस्त्र प्रहरी बिच ७२ घण्टासम्मका लागि सिमानाका बन्द गर्ने सम्झौता भईसकेको एसपी केसीले बताउनु भएको छ । चुनावको समयमा सिमानाकाको सुरक्षालाई लिएर आफूहरु गम्भीर रुपमा लागेको र सिमानाकाको सुरक्षा चुस्तदुरुस्त बनाएको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!