२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

सशस्त्र प्रहरी आइजिपीको सचिवालयमै कसरी भयो चोरी ?

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । ३० वर्षे सेवाहद हटाएर ३२ वर्षे लागू गर्ने प्रयासमा लागेका पुष्पराम केसी २१ दिन सशस्त्र प्रहरीको नेतृत्व सम्हालेर बिदा भए । अन्तिम दिनसम्म पनि उनी शक्तिकेन्द्र धाइरहेका थिए । तर, खर्च मात्र भएको र प्रयास असफल भएको भन्दै उनी निराश बने ।

छोटो अवधिमै केही गर्न खोजेको देखाउने प्रयास गरे पनि उनी विवादमुक्त बन्न सकेनन् । यो अवधिमा काम गर्ने नाममा उनले संगठनमा आतंक मच्चाएको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।

आफ्नो कार्यकालमा उनले दुईवटा नयाँ काम गरेको बताउने गरेका छन् । एउटा अनुगमन इकाईको स्थापना । तर, त्यसको नाममा मातहतका कार्यालयका प्रमुखलाई केही दिन आतंक मात्र मच्चाइएको थियो ।

दोस्रो काम सशस्त्र प्रहरी संग्रालयको स्थापना । सशस्त्रको बैंकेट हलमा केही सामान राखेर संग्रालय बनाइएको छ । आर्थिक नियमावली मिचेर बिना टेण्डर तथा कोटेशन संग्राहलय बनाउन लाखौं बजेट खर्च भएकाले त्यसमा अनियमितता भएको आशंकासमेत गरिएको छ । यसमा छानबिन हुँदा फस्ने डर लेखाका कर्मचारीको छ ।

त्यसो त डिएसपी बढुवामा पनि केसी विवादमा परे । आफू निकट उमेश थापालाई पहिलो नम्बरमा बढुवा गरे भने यसअघि ७० नम्बरमा रहेका विनोद कार्कीलाई २० नम्बरमा तानेर बढुवा गरिएको थियो । उनीहरु दुवै जना सचिवालयमा बसेका थिए । दुई हप्ता उनीहरुको चुरीफुरी देखेर सशस्त्रकै कर्मचारी लज्जित बनेका थिए ।

उनीहरुले ल्यापटपबाटै सचिवालय चलाएका थिए । अर्काेतर्फ आइजिपीको अवकाशसँगै सशस्त्र महानिरीक्षकको सचिवालयमा रहेका सोभेनियरलगायत केही सामानहरु ‘चोरी’ भएको चर्चा पनि सशस्त्र प्रहरीमा छ । यसमा सचिवालयमा काम गर्ने प्रहरीमाथि प्रश्न उठेको छ ।

यस्ता अनेक विकृति रहेको सशस्त्र प्रहरीमा सुधारका काम नवनियुक्त आइजिपी राजु अर्यालका लागि निकै चुनौतीपूर्ण देखिएको छ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!