
(ABC=SANCHAR)
काठमाडौं । बलिउड अभिनेत्री मौनी रोयले आफ्नो हनिमुन समयमा राम्रोसँग रमाइरहेकी छिन् । बिहेपछि नायिकाको सौन्दर्य झनै बढेको छ र त्यो उनको अनुहारमा प्रष्ट देखिन्छ ।
मौनी रोयले हालै इन्स्टाग्राममा आफ्ना बोल्ड तस्बिर सेयर गरेकी छिन्, जुन हाल निकै भाइरल भइरहेका छन् । 
मौनी रोय आजकाल पति सूरज नाम्बियारसँग ‘हेवन अन अर्थ’ अर्थात् काश्मिरमा हनिमुन मनाइरहेकी छिन् । मौनी कश्मीरको रमणीय हिउँले ढाकिएको उपत्यकामा यी सुनौलो दिनहरूको आनन्द लिइरहेकी छिन्। मौनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र विवाहपछिको हनिमुनका तस्विर पनि सेयर गरिरहेकी छिन् । हालै हिउँको मैदानमा मोनोकिनी लगाएर निकै नै बोल्ड पोज दिएर सामाजिक सञ्जालमा चर्चा बनाएकी छिन् । हालसम्म ११ लाख बढिले लाइक गरेका छन् ।