(ABC=SANCHAR)
काठमाडौंं । शंखरापुर नगरपालिका वडा नम्बर ३ मा राप्रपा विजयी भएको छ। ७ सय १४ मत पाएर राप्रपाका उम्मेदवार सूर्य तामाङ वडाध्यक्षमा विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कर्म बल तामाङले ६ सय ६ मत पाएका छन्। काँग्रेसका सत्यमान लामाले १ सय ४३ मत पाएका छन् भने एमालेका उम्मेदवार राजेन्द्र तिवारीले ७७ मत पाएका छन्।
साथै यो पनि: भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै
भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ३५ मतले पछि परेकी छन्। १२ हजार १६२ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने दाहालले ४ हजार १४७ मत पाएकी छन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन्।
स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा: अघि बढ्यो काँग्रेस, पछिपछि एमाले
स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधिक ४६ पालिका जित्दै अग्रस्थानमा रहेको छ भने एमाले ३८ पालिका जित्दै दोस्रो र माओवादी केन्द्र २१ पालिका जितेर तेस्रो स्थानमा रहेको छ।
निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ। यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ। जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ। यस्तै काँग्रेसले हालसम्म ५० पालिकामा उपप्रमुख जितेको छ।