२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

पेट्रोलियम मूल्यवृद्धि तत्काल फिर्ता नभए सडकमा उत्रने चेतावनी नेपाली उपभोक्ता संरक्षण महासंघ

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातदेखि लागु हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो ।

महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्ती अनुसारको थप हुने मुल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थ​बाट चल्ने सवारीसाधन, मेशिनरी, उपकरणहरु निश्चित् अवधि पश्चात् चल्न नपाउनेगरी कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे । उनले सानातिना विषयमा सडकमा आउने ईच्छा नभएपनि अब बाध्य भएर महासंघ सडकमा उत्रिनुपर्ने दिन आएको सुनाए । उनले देशमा दिनहुँ मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दैै देश नै नरहने अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष साउदले महासंघले आगामी जेठ १७ र १८ गते महाधिवेशन गर्ने पनि जानकारी दिए । पछिल्लो समयमा बढ्दै गइरहेको मूल्यवृद्धिले जनता ठूलो मारमा परेको भन्दै उनले फिर्ता गर्न सम्बन्धित सबैसँग आग्रह गरे । उनले भने,‘यसरी मूल्यवृद्धि हुँदै गएमा भोलिका दिनमा यसले विकराल रुप लिनसक्छ, त्यसबारेमा सबैले ध्यान दिन आवश्यक छ ।’

उनले महासंघले आज नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र उपभोक्ता संरक्षण विभाग बबरमहलका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउने जनाए । त्यस्तै, आज नै काठमाडौंमा धेरै ब्यस्त हुने चार आकाशे पुल लोकन्थली, कोटेश्वर, रत्नपार्क र जमलमा मुल्य वृद्धि विरोधका मागसहितका ब्यानर राखिने पनि उनले बताए ।

महासंघका प्रवक्ता अर्जुनकुमार श्रेष्ठले नेपालीले थेग्नै नसक्नेगरी सरकारले डिजेल र पेट्रोलको मुल्यवृद्धि गरेको टिप्पणी गरे । प्रत्येक चिजको नियम परिवर्तन गर्न गाह्रो भएपनि सुरुवात आफैँबाट गर्नुपर्नेमा उनले जोड दिए । ३ सय रुपैयाँको सामान बजारमा अहिले ३ हजारमा बिक्रि भैरहेको भन्दै उनले आपत्ति जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]