२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विष्फोट डस्नाले छोपेको ग्यास सिलिन्डरमा आगो लगाएर फरार ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । स्थानीय तह निर्वाचन शुरु हुनुअघि वैशाख ३० मा बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विष्फोट भयो । विहान करिब २ बजेतिर एउटा समूहले ‘सिलिन्डर बम’ विष्फोट गराएको थियो । प्रहरीले सुरक्षा ‘थ्रेट’ आकलन नै नगरेको नेपाल कम्यूनिष्ट पार्टी (सिवादी)ले सो विष्फोट गराएको अनुसन्धानबाट थाहा भएको छ । नेकपा (सिवादी)ले घटनास्थलमा फालेको ‘पर्चा’को आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विष्फोटमा संलग्न ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेका २८ वर्षीय करण श्रेष्ठ, भोजपुर घर भएका २८ वर्षीय युवराज थापा र खोटाङका भरत कुमार राई उर्फ ‘बिके सिंह’ छन् ।

काभ्रे घर भएका करण ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टीकाथली बस्छन् । करणको डेरा आसपासबाट उनीहरुले ग्यास सिलिन्डर किनेर बानेश्वरमा ल्याए । सिलिन्डरबाट ग्यास लिक गराएर डस्नाले छोपेर पेट्रोल छर्किए । अनि, आगो झोसेर उनीहरु भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । संसद भवन अगाडी आगो लागेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरे ।

प्रहरी वृत बानेश्वरबाट इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थलमा पुग्यो । डस्नाले छोपेको सिलिन्डरबाट ग्याँस निस्किरहेको थियो, आगो दन्किरह्यो । ठुलो आवाज सहित अचानक सिलिन्डर पड्कियो । घटनास्थलमा खटिएको प्रहरी टोली ठुलो क्षती हुनबाट जोगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी पुग्नुभन्दा केही समयको अन्तरालमा विष्फोट हुँदा हाम्रो टोली दुर्घटनाबाट जोगिएको थियो ।’ विष्फोटबाट बानेश्वरको ‘दृष्टि आँखा केन्द्र’ र ‘साइन ग्लोबल कन्सल्टेन्सी’मा क्षती पुग्यो । राजधानीमा निर्वाचनको दिन विष्फोट गराउने समूह नेपाल कम्युनिष्ट पार्टी (सिवादी) रहेका अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (सिवादी) यसअघि सुरक्षाकर्मीको निगरानीमा थिएन । सुरक्षा निकायले निर्वाचनमा ‘थ्रेट’को रुपमा सो समूहलाई राखेको थिएन । नेकपा ‘विप्लव’ समूहबाट चोइटिएको भनिएको सो समूह पछिल्लो समय आतंक मच्चाउन सक्रिय हुन थालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सिलिन्डर विष्फोट गराउने समूहबारे अनुसन्धान गर्न ‘अप्रेशन इको शिरा’ नामक अप्रेशन संचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विष्फोटमा संलग्न मध्येका आरोपी भरत कुमार राई यसअघि हातहतियार खरखजाना तथा बैंकिङ कसुर र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर छुटेका थिए ।

आरोपीहरु माथी बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]