२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

घोराही उपमहानगरपालिका मेयर र उपमेयरमा चोधरी र डिसी विजयी

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

(ABC=SANCHAR)
दाङ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुनः निर्वाचित हुनुभएको हो । चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन् । उनले ३१ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित भएका छन् । ०७४ मा उनले २२ हजार ३० मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत पाउनुभएको थियो। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका छन् । चौधरीले यसपटक ९ हजार ६ सय ९८ मत बढाएका हुन् ।

उनी हाल एमाले पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समेत हुन् । उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भएकी छिन् । उनले ३० हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरेका छन्। डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित भएका थिए । डिसी विधवा महिला सरोकार केन्द्रको अध्यक्ष भएर लामो सयम सामाजिक आन्दोलनमा क्रियाशिल रहेकी थिइन् ।
उनले घरेलु हिंसा पीडित महिलाको संरक्षणका लागि सेफ हाउस सञ्चालन गर्नुका साथै सहकारी संस्था र महिला मानवअधिकार रक्षक सञ्जालको पनि नेतृत्व गरिसकेका छन् । उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष पनि हुन् । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।

एमालेले १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७ र १८ नम्बर वडा जितेको छ । कांग्रेसले १०, १३, १५, १६ र १९ नम्बर र माओवादी केन्द्रले ९ नम्बर वडा मात्र जितेको छ । एमालेले २०७४ भन्दा वडा बढाएको छ । पहिले ८ वडा जितेकोमा अहिले ५ वडा बढाएर १३ पुर्‍याएको छ । कांग्रेसले पहिले जितेकामध्ये एक र माओवादी केन्द्रले दुई वडा गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]