११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

जिल्ला प्रहरी कार्यालय दाङले म्यादी प्रहरीहरुको विदाई गर्‍यो

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

(सागर थापा)
दाङ । स्थानीय निर्वाचनको सुरक्षार्थ खटिएका म्यादी प्रहरीलाई दाङमा बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीहरुलाई धन्यावाद सहित प्रमाणपत्र प्रदान गरेर बिदाई गरिएको छ । प्रजिअ रेग्मीले निर्वाचन निकै संवेदशिल पाटो भएको र म्यादी प्रहरीहरुले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेको भन्दै उच्च प्रंशसा गरे ।

साथै दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनीहरुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेको, अनुशासित भएका कर्तव्य पालना गरेको, त्रुटी रहित ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । जिल्लामा १७ सय ७ जना म्यादी भर्ना भएका थिए ।

७ जना विविध कारणले आउन नसकेको र १७ सय जनाले जिम्मेवारीलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका उनको भनाइ छ । उनीहरुलाई तलब, भत्ता लगायतका सेवा सुविधाहरु बैंक खाता मार्फत भुक्तानी गरिएको समेत एसपी काफ्ले जानकारी दिए ।

विदाई कार्यक्रममा दुई जना म्यादी प्रहरीले आफ्नो मन्तव्य व्यक्त गर्दै म्यादी प्रहरीले पनि निर्वाचन गराउने सुरक्षाको पाटो महत्वपूर्ण भएको र आँफूहरु छनोटमा परेर कुशलतापूर्व सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए । म्यादी प्रहरीले करिब ४० दिन काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!