२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतको असम प्रहरी कार्यालयमा आगजनी गर्ने २१ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९


(ABC=SANCHAR)
दिल्ली । असम प्रहरीले शनिबार नौगाउँ जिल्लाको बटद्वा प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

यी सबै अभियुक्तहरूमाथि ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको पनि आरोप छ ।

वास्तवमा शनिबार सलानीबारी गाउँका ३९ वर्षीय माछा विक्रेता सफिकुल इस्लामको प्रहरी हिरासतमा मृत्यु भएको बताइएको छ । त्यसपछि उनको गाउँका आक्रोशित भीडले बतद्राव प्रहरी चौकीमा आक्रमण गरेका थिए ।
प्रहरी चौकीमा भएको आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् जसमा हिंसात्मक भीडले प्रहरीको गाडीमा आगजनी गरेको देख्न सकिन्छ । यस घटनामा प्रहरीले तीन जना महिलालाई पनि पक्राउ गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]