२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

सरकारले नेपाल प्रहरीको ५ जना एआईजी पदहरु बढुवा गर्ने तयारी

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी खाली भएको छ । गृह मन्त्रालयले रिक्त दरबन्दीमा बढुवा गर्न तयारी थालेको छ । जेठ ६ मा मन्त्रिपरिषद्ले वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको थियो । ५६ वर्षको उमेर हदका कारण लामाले शनिवार राति १२ बजेबाट अवकाश पाइसकेका छन् ।

लामाको अवकाशसँगै ५ वटा एआईजीको दरबन्दी खाली छन् । सोमबार एआईजी पदमा बढुवा सिफारिस गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ती अधिकारीले भने– ‘सोमबार बढुवा समितिबाट सिफारिस गर्नेगरी छलफल चलेको छ ।’

अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा हुने प्रतिस्पर्धामा ८ जना डीआईजीहरू छन् । उत्तमराज सुवेदी, अरुणकुमार बिसी, मुकुन्दराज आचार्य, पुजा सिंह र दिवेश लोहनीलाई बढुवा गर्नेगरी गृह मन्त्रालयले तयारी गरेको छ । डीआईजी सुवेदी बरियताको एक नम्बरमा छन् । मेरिट लिस्टको दोस्रो नम्बरमा प्रदेश–१ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसी छन् । सुवेदी र बिसी २०७७ वैशाख ७ मा डीआईजीमा बढुवा भएका थिए ।

बढुवा प्रतिस्पर्धामा रहेका अधिकृतहरु २०४९ चैत ११ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका हुन् । २०७९ वैशाख ९ मा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि बढुवाको प्रतिस्पर्धी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!