२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

भैरहवामा जजिराको विमानमा प्राविधिक समस्या देखिएन उडान भर्ने तयारी सुरु

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

(ABC=SANCHAR)
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजिरा एयरको विमान प्राविधिक चेकजाँचपछि उडान भर्ने तयारीमा छ ।

आज (सोमबार) बिहान २ बजे कतारबाट १२१ जना यात्रु लिएर आएको यो विमान अवतरणका क्रममा चरासँग ठोक्किएको पाइलटको आशङ्कापछि तत्काल ३८ यात्रु लिएर फर्कन रोकिएको थियो ।

सम्बन्धित समाचार : चरा ठोक्किएपछि भैरहवामा जजिरा एयरलाइन्सको जहाज होल्ड

विमानको नोज र इन्जिन नजिक रगत देखिएको तर चरा नदेखिएपछि काठमाडौँबाट प्राविधिक आएर चेकजाँच गरेका हुन् ।

काठमाडौँबाट आएको प्राविधिकको टोलीले चेकजाँच गरी प्रतिवेदन दिएपछि विमानले उडान भरिरहेको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए । ‘विमान ठिकठाक छ । त्यहीअनुसार रिपोर्ट पनि आएको छ, अहिले यात्रुहरू चढ्दै छन् अब उड्छ ।’ दाहालले भने । जजिराले भैरहवामा हप्तामा तीन दिन उडान गर्ने तालिका बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!