१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

भैरहवामा जजिराको विमानमा प्राविधिक समस्या देखिएन उडान भर्ने तयारी सुरु

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

(ABC=SANCHAR)
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजिरा एयरको विमान प्राविधिक चेकजाँचपछि उडान भर्ने तयारीमा छ ।

आज (सोमबार) बिहान २ बजे कतारबाट १२१ जना यात्रु लिएर आएको यो विमान अवतरणका क्रममा चरासँग ठोक्किएको पाइलटको आशङ्कापछि तत्काल ३८ यात्रु लिएर फर्कन रोकिएको थियो ।

सम्बन्धित समाचार : चरा ठोक्किएपछि भैरहवामा जजिरा एयरलाइन्सको जहाज होल्ड

विमानको नोज र इन्जिन नजिक रगत देखिएको तर चरा नदेखिएपछि काठमाडौँबाट प्राविधिक आएर चेकजाँच गरेका हुन् ।

काठमाडौँबाट आएको प्राविधिकको टोलीले चेकजाँच गरी प्रतिवेदन दिएपछि विमानले उडान भरिरहेको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए । ‘विमान ठिकठाक छ । त्यहीअनुसार रिपोर्ट पनि आएको छ, अहिले यात्रुहरू चढ्दै छन् अब उड्छ ।’ दाहालले भने । जजिराले भैरहवामा हप्तामा तीन दिन उडान गर्ने तालिका बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!