२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

गायक रमेश के. सिंहकाे गीत छाडी जाने बजारमा सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, जेठ १३, २०७९

(तुफानबाबु श्रेष्ठ)
दाङ । तुलसीपुर छाडी जाने मायालुलाई सम्झी नबस तिमीले,
सपनीमा आउने उसलाई मनमा नराख कसैले,
पहिले पहिले आँखा जुधाउँछन् सुस्तसुस्त दिलमा सजाउँछन्
आफ्नो स्वार्थ पूरा भएपछि दूरी बढाउँछन्, चिन्न डराउँछन्।
नेपाली गीत संगीतको आकाशमा सल्यान जिल्लाले फेरि अर्को फड्को मार्न सफल भएको छ। यसै क्रममा नेपाली सुगम तथा आधुनिक संगीतको धारलाई पहिल्याउदै सल्यान खलंगा निवासी युवा गायक रमेश के. सिंहले आफ्नै शब्द अनि आवाजमा “छाडी जाने मायालु….” बोलको गीत ओआरएस डिजिटल मार्फत बजारमा ल्याएका छन्। लोक दोहरीको व्यापक बाहुल्यता रहेको पश्चिम नेपाली सांगितिक बजारमा गायक रमेशले आधुनिक र स्लो रकको फ्युजनमा तयार पारेको यो गीतलाई चुनौतीको रुपमा हेरिएको छ। युवा पिढिमा देखिने मानविय सम्वेदना, प्रेम, रोमान्स, आशंका अनि बिछोड यो गीतको मुख्य भाव रहेको छ। जे-जति बिध्न बाधा आईपरे पनि जीवनलाई सहज रुपमा जिउनु पर्छ भन्ने आशय गीतले ब्यक्त गरेको छ। सल्यानका बरिष्ठ संगितकार तथा गायक चेतन राईले निर्देशन गरेको गीतलाई बिजेश्वर तन्डुकारले संयोजन गरेका छन्। गीतको भिडियोमा सल्यानका सम्यम सिंह र मोडेल रक्षा सापकोटाले अभिनय गरेका छन् भने सहायक भुमिकामा प्रेमिका शर्मालाई देख्न सकिन्छ। गीतको प्रोजेक्ट म्यानेजर बिक्रम तामाङ हुन् भने श्रिङ्गगार दिया मिश्रको रहेको छ। काठमाण्डौमा छायाङ्कन गरिएको गीतको सहायक छायाङ्कन विशाल थापा हुन् भने छायाङ्कन र सम्पादनमा प्रमुख भुमिका फराज अर्पणको रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!