२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो ।

प्रहरी तथा सशस्त्र प्रहरीको नियमावलीअनुसार अनिवार्य अवकाशका लागि ३ वटा प्रावधान छ । पहिलो, ३० वर्षे सेवा अवधि, दोस्रो उमेर हद र कार्यकाल । दुवै निकायको प्रहरी महानिरीक्षकको हकमा सेवा अवधि, ५८ वर्षे उमेर हद र ४ वर्षे कार्यकालका कारण अवकाश हुने गरेको छ ।

पहिलो प्रहरी नियमावली, २०१५ मा ३० वर्षे सीमा थिएन । सो नियमावलीको परिच्छेद १०, नियम (१) र (२) अनुसार उमेरको हद र पदावधि आधारमा मात्र प्रहरी कर्मचारी सेवामुक्त हुन्थे । दोस्रो प्रहरी नियमावली, २०३३ को परिच्छेद १०, नियम (१) र (२) मा पनि उमेरको हद र पदावधि मात्र थियो ।

२०४६ सालको परिवर्तनपछि तेस्रो प्रहरी नियमावली, २०४९ पुस ६ मा जारी हुँदा पनि ३० वर्षे सीमा राखिएन । तर, त्यसमा २०४९ फागुन १५ मा संशोधन गरी नियम ९८ मा उपनियम (१) थप गरी ३० वर्ष सेवा अवधि पूरा गरेपछि पनि अनिवार्य अवकाश दिने नयाँ व्यवस्था थपियो, जुन निरन्तर विवादमा छ ।

२०५२ सालमा मन्त्रिपरिषद्ले प्रहरी कर्मचारीको ३० वर्षपछि २ वर्ष थप हुने व्यवस्था स्वतः जोडिने भन्ने निर्णय गरे पनि लागू भएको छैन ।

३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीमा भने वर्षौंदेखि प्रहरी महानिरीक्षकले पूरा कार्यकाल बिताउन पाएका छैनन् । यसका साथै उच्च पदहरुमा चाँडो चाँडो अवकाशका कारण अनुभवी अधिकारी संगठनले गुमाउँदै आएको छ ।

यसपटक भने प्रहरी र सशस्त्र दुवैमा ३० वर्षे सेवा अवधि हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक देखिएको गृह मन्त्रालयको उच्च स्रोतको भनाइ छ ‘साथै अर्थ र कानुन मन्त्रालयले पनि सहमति दिएको छ,’ स्रोतले भन्यो ।

हालको ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको कार्यकाल आगामी चैतसम्म मात्र छ । तर यो प्रावधान खारेज भएमा भने उनको कार्यकाल ३ वर्षको हुनेछ ।

सशस्त्र प्रहरीका हालका आईजीपी राजु अर्यालले भने यो प्रावधान नहटे पनि ४ वर्षको पूरा कार्यकाल बिताउनेछन् । तर, उनीपछि महानिरीक्षक बन्ने लाइनमा रहेका एआईजी नारायणदत्त पौडेलको भने १ वर्षको मात्र कार्यकाल हुनेछ । त्यसैले सरकारले ३२ वर्षे सेवा अवधि बनाउँदा महानिरीक्षक अर्यालले कुनै विरोध नगर्ने ‘जेन्टलम्यान एग्रीमेन्ट’ एआईजी पौडेलसँग भएको उच्च स्रोतको भनाइ छ ।

यो प्रावधान हटेमा र एआईजी पौडेल महानिरीक्षक बनेमा उनको पनि कार्यकाल ३ वर्षको हुनेछ ।
दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिका कारण थुप्रै उच्च अधिकारीले चाँडै नै अनिवार्य अवकाशमा जानुपरेको भन्दै विवाद हुने गरेको छ । यसलाई हटाउन बेलाबेलामा प्रयास पनि हुँदै आए पनि सफल हुन भने सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

error: Content is protected !!