२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

राप्रपा दाङले मनायो ३३ औ स्थापना दिवस

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९


(तेज वली)
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्ग निर्वाचन क्षेत्र न ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी स्थापना कालदेखि निरन्तररुपमा सकृय भुमिका र कृयाशिल जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच अभिनन्दन गरेको छ। पार्टीका क्षेत्रीय अध्यक्ष छोटिलाल थारुको सभापतित्वमा सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य दामोदर भण्डारी,निवर्तमान केन्द्रिय सदस्य टोपबहादुर शाह,निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसी,पुर्व क्षेत्रीय अध्यक्ष प्रेम बहादुर शाह,पुर्व बिध्यार्थी उपाध्यक्ष जित ओली,मिडिया नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तेज ओली लगायतले मन्तव्य राख्नुभएको थियो। पार्टीका नेता ओज बहादुर खड्काले स्वागत मन्तव्य दिएर सुरु भएको कार्यक्रमको सहजीकरण पार्टीका क्षेत्रीय सचिव यम भण्डारीले गर्नुभएको थियो। आज सप्पन्न ३३ औ पार्टी स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पुर्वजहरुले अबिचलित रुपमा निरन्तर पार्टीमा पुर्याएको योगदानको चर्चा गर्दै स्वर्गीय नेता क्षेत्र बहादुर शाह,देबेन्द्र गिरि,बालकृष्ण शाह,दिनेश न्यौपाने,शेर बहादुर थापा,तिलक मज्गैया लगायतका नेताहरुले पार्टी निर्माणमा खेलेको भुमिका र अभिनन्दन हुनै लागेका पार्टीका जेष्ठ सदस्यहरुले पार्टी प्रती देखाएको त्याग,तपश्या,समर्पण र जस्तो सुकै लोभ,लालच,डर,धाक र धम्किको परिस्थितिमा पनि अबिचलित रहेर अझै सशक्त भुमिकामा बाधिनुभएका पुर्वजहरु र उहाँहरुले देखाएको बाटो लाई अबिचलितरुपमा अनुशरण गर्ने प्रतिबद्धता सहित शुभकामना मन्तव्य राखिरहनुभएका जिल्ला अध्यक्ष हंसराज केसीले शुभकामना मन्तव्य सहित चर्चापरिचर्चा गर्दैगर्दा एकछिन कार्यक्रममा सन्नटा छाएको थियो। उक्त कार्यक्रममा अभिनन्दन भएका पार्टीका जेष्ठ सदस्यहरु ३३ औ बर्ष सम्म पार्टी प्रती देखाएको त्याग र समर्पण लाई मुल्यांकन गरेकोमा कृतग्यता व्यक्त गरेका थिए।उक्त कार्यक्रममा ८० वर्ष माथीका जेष्ठ सदस्यहरुलाई सम्मान एवम् अभिनन्दन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

error: Content is protected !!