२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मुल्यबृद्दी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्गले बिरोध प्रदर्शन

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

( तेज वली )पेट्रोलियम पदार्थ,खाना पकाउने ग्यास र रासायनिक मलको मुल्यबृद्दीका विरुद्ध राप्रपाका नेताहरु सडकमा।

पछिल्लो समयमा दिनानुदिन भैरहेको मुल्यबृद्दीका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्गले बिरोध प्रदर्शन गरेकोछ। तुलसीपुरको बाहिनी चोक बाट भएको बिरोध र्‍याली नाराबाजी गर्दै बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो।उक्त कोण सभामा पुर्व क्षेत्रीय अध्यक्ष प्रेम बहादुर शाह र निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसीले सम्बोधन गर्नुभएको थियो। पछिल्लो समय जनताको ढाड सेकिने गरि भएको चरम मुल्यबृद्धी तत्काल फिर्ता लिन सरकार संग माग गर्दै सुनुवाइ नभए थप रचनात्मक आन्दोलनहरु चर्काउदै लैजाने कुरामा स्पष्ट हुन र किसानका समस्यामा केन्द्रित हुन स्थानीय सरकार लाई पनि ध्यानाकर्षण गराउदै बेवास्ता गरि किसानहरु मल र बिउ खोज्दै भौतारिने अवस्था आए आफुहरु स्थानीय सरकार छ भनेर चुप नलाग्ने भन्दै कडारुपमा प्रस्तुत भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]