२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

मुल्यबृद्दी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्गले बिरोध प्रदर्शन

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

( तेज वली )पेट्रोलियम पदार्थ,खाना पकाउने ग्यास र रासायनिक मलको मुल्यबृद्दीका विरुद्ध राप्रपाका नेताहरु सडकमा।

पछिल्लो समयमा दिनानुदिन भैरहेको मुल्यबृद्दीका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्गले बिरोध प्रदर्शन गरेकोछ। तुलसीपुरको बाहिनी चोक बाट भएको बिरोध र्‍याली नाराबाजी गर्दै बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो।उक्त कोण सभामा पुर्व क्षेत्रीय अध्यक्ष प्रेम बहादुर शाह र निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसीले सम्बोधन गर्नुभएको थियो। पछिल्लो समय जनताको ढाड सेकिने गरि भएको चरम मुल्यबृद्धी तत्काल फिर्ता लिन सरकार संग माग गर्दै सुनुवाइ नभए थप रचनात्मक आन्दोलनहरु चर्काउदै लैजाने कुरामा स्पष्ट हुन र किसानका समस्यामा केन्द्रित हुन स्थानीय सरकार लाई पनि ध्यानाकर्षण गराउदै बेवास्ता गरि किसानहरु मल र बिउ खोज्दै भौतारिने अवस्था आए आफुहरु स्थानीय सरकार छ भनेर चुप नलाग्ने भन्दै कडारुपमा प्रस्तुत भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!