२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

सिरियल अभिनयमा भित्रिए सागर बसन्ते कृष्णे भन्ने भाइरल म्यादी भाइ’ नवराज

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९



(ABC=SANCHAR)
काठमाडौं । म्यादी भाइको रुपमा भाइरल किशोर नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए । रेग्मी ‘हल्का रमाइलो’ को अझै केही भागमा देखिने निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले बताए ।

‘मलाई सिरियल खेल्न मन छ भनेर रेम्मीले धेरै पटक फोन गरेर रिक्वेष्ट गरेपछि सिरियलमा अभिनय गर्न अवसर दिएका हौँ’ निर्देशक श्रेष्ठले भने ‘अब केही भागमा उनी देखिनेछन् ।’ अहिले सिरियलमा म्यादीकै पोसाकमा भित्र्याएको भएपनि अब कुनै रमाइलो पत्रको रुपमा अगाडि ल्याउने श्रेष्ठको भनाई रहेको छ ।

कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय रेग्मी म्यादी हुँ भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए । उनले म्यादी पोसाकको भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ, बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!