२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मंगलबार ७ वटै प्रदेशमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

(ABC=SANCHAR)
काठमाडौं । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश-१, मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक दुई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!