२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

स्याङ्जा प्रहरीलाई रात्रिकालीन सुरक्षा चम्किलो बेल्ट हस्तान्तरण

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

ABC (क्राईमबिट)
स्याङ्जा । गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङजालाई सो बेल्ट हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण गरेका हुन् । हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । स्याङ्जाका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]