ABC (क्राईमबिट)
स्याङ्जा । गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङजालाई सो बेल्ट हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण गरेका हुन् । हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । स्याङ्जाका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।