२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

नेपाल प्रहरीको आइजिपी नियुक्तिको मुद्दामा मंगलबारदेखि सुनुवाई हुँदै

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पुर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेकी थिइन् । आईजीपी नियुक्ति विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।

मंगलबार आईजीपी नियुक्ति बिरुद्ध परेको रिट र पूर्व डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा बिरुद्ध हालेको रिट सँगै सुनुवाई हुने भएको छ । एआईजी बढुवा बिरुद्धको रिट पनि न्यायाधीश श्रेष्ठ र चुडालको संयुक्त इजलासमा लगाउमा राखिएको छ । घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।

आईजीपी विवादबारे न्यासर्वोच्च अदालतले धिरज प्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

error: Content is protected !!