(ABC=SANCHAR)
भैरहवा । नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीलाई सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
रायमाझीले जग्गाको हालसाविक गर्न सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार बुटवल कार्यालय टोलीले पक्राउ गरेको हो। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रायमाझीलाई घुस लिइसकेको अवस्थामा सिद्धार्थनगर -५ स्थित रहेको ३ नम्बर नापी कार्यालयको क्वार्टरबाट पक्राउ गरिएको हो।