२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

दाङ प्रहरीले अवैध लागुऔषधसहित २ जना घोराहीबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

ABC (क्राईमबिट)
दाङ !। सोमबार बेलुका पौने १० बजेको समयमा घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले घोराही-१४ निवासी २४ वर्षिय पुजन राज कँवर र घोराही-१५ निवासी २२ वर्षिय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

यसैबिच, लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]