२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पदको दुरुपयोग गर्ने प्रहरीलाई धमाधम कारवाही गर्दै आईजीपी धिरज प्रताप सिंह

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंह गलत काम गर्ने प्रहरी कर्मचारीविरुद्ध आक्रामक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा कार्यरत इन्स्पेक्टर राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

अहिले उनी निलम्बनमा छन् । जेठ २० मा निलम्बनको अवधि सकिनुअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

इन्स्पेक्टर कुर्मीलाई बर्खास्त गर्न मन्त्रालयमा लेखेर पठाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । कुर्मीले तराईका जिल्लाहरुका प्रहरी युनिटबाट पैसा उठाउने गरेको आरोप छ ।

सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी गर्ने र धम्की दिने एक जना प्रहरी जवान थुनामा छन् । प्रहरी चौकी बटेश्वर, धनुषामा दरबन्दी भएका प्रहरी जवान कृष्ण कुमार यादवलाई साइबर ब्यूरोले जेठ ११ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सामाजिक संजालमा युवतीलाई साथी बनाएर ‘च्याट’ र भिडियो कल गर्ने क्रममा प्रलोभनमा पारेर खिचेका अन्तरङ्ग तस्वीर उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिएका थिए ।

रौतहटको दुर्गा भवानीपुर गाउँपालिका–४ घर भएका २७ वर्षीय प्रहरी जवानलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जन-प्रभावबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]