२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

भेरी नदीमा हराएकी गीता खोज्दा पार्वतीको शव भेटियो प्रहरीद्वारा अनुसन्धान

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

ABC (क्राईमबिट)
सल्यान । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भएकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखराकी अन्दाजी १२ वर्षीया गीता विक पौडी खेल्ने क्रममा मंगलबार अपराह्नः ४ बजे नदीमा बेपत्ता भएकी थिइन् ।

कारा गाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा उनी भेरी नदीमा बेपत्ता भएकी हुन् ।

गीतको खोजी गर्दा गाउँकै अन्दाजी ४० वर्षको पार्वती कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले बताए ।

मृत भेटिएकी पार्वती पूर्व वडा सदस्यसमेत हुन् । श्रीमान् वीरबल कामीको ३ वर्ष पहिला मृगौला रोगबाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

पार्वती घरबाट कहिले हराएकी हुन् भन्नेबारे एकीन छैन । उनको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकमको भेरी नदीमा फेला परेको डिएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

error: Content is protected !!