१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

झापा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोह ८ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९


ABC (क्राईमबिट)
झापा । विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकल सहित चोरीमा संग्लग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी टिकुली नगरपालिका-५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका-३ बस्ने १९ वर्षीय कुमार राजवंशी र ईलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् । झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान गर्न क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका-८ कदमगाछी बस्ने अशोक विहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका-१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानवाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो । उनीहरू उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]