२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली हाने

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

ABC (क्राईमबिट)
सुन्धुलीमा । कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा कार्यरत थिए ।

१३ वर्षीय श्रेष्ठ कमलामाई–५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षार्थ हतियारसहित खटिएका थिए । राति ९ देखि १२ बजेसम्मको डिउटीमा रहेका उनले साढे १० बजेतिर सोही कार्यालयको प्रशासनिक भबनको शौचालयमा गई आफूले बोकेको एसएमजीबाट आफैलाई चिउडोमा गोली फायर गरेका थिए ।

उनलाई जिल्ला अस्पताल सिन्धुलीमा लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि सशस्त्रको काठमाडौं बलम्बुस्थित अस्पतालमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!