१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न आईजिपी धिरज सिंहको निर्देशन

Logo
प्रकाशित सोमबार, जेठ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् । सिंहले आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे नराखेको लगायतका विविध आर्थिक बिषयमा अनुगमन गर्नुपर्नेमा बताए ।

स्थानीय तह निर्वाचन, २०७९ मा बजेट संचालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयहरूलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम तथा नेपाल प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सम्पादन भएको नभएको, म्यादी प्रहरी नियुक्ति तथा सुविधा सम्बन्धी, निर्वाचन शान्ति सुरक्षा कायम गर्न परिचालन अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन टोली परिचालन गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू तथा सो मातहतका सबै जिल्ला प्रहरी कार्यालयहरूमा खटिई जान लागेका प्रहरी अधिकृत सहितका ८ वटै टोलीले जेठ २३ गतेदेखि असार १ गतेसम्म अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

error: Content is protected !!