२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

बर्दियामा किन र कसरी चल्यो गोली चलाउने को नेपाल प्रहरी सशस्त्र प्रहरी ?

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

 

(महेन्द्र सिंह)
बर्दिया । पटकपटक जंगली जनावरको आक्रमणमा परेर ज्यान गुमाउँदा समेत सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा उचित कदम नचालेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाउँदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन ।

हिजो सोमबार जेष्ठ २३ गते बिहान आफ्नो खेतमा काम गरिरहेको बेला बाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर २ सोनाहाकी अस्मिता थारु घाइते भएपछि बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर -३ ओरालीबजारमा स्थानीयले प्रदर्शन गर्दै बर्दियाको हुलाकी सडक अन्तर्गत पर्ने राजापुर-नेपालगन्ज सडक खण्ड अवरुद्ध पारेका थिए ।

उक्त प्रदर्शनमा वडा नम्बर २ र ३ का स्थानीय वासिन्दा थिए । सोनाहा, रजवारा, गंगापटुवा, कोठियागाउँ, खाता, भग्रैया लगायतका गाउँका वासिन्दाले वन कार्यालय, राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला पक्षले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा उचित कदम चाल्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए ।

उनिहरुले हुलाकी सडक अन्तर्गतको राजापुर नेपालगन्ज सडकखण्डमा पर्ने ओराली बजार क्षेत्र तथा सडक बन्द गरेका थिए ।

बाघ नियन्त्रणमा लिनुपर्ने र जंगली जनावरको आक्रमणलाई रोक्न बर्दिया राष्ट्रिय निकुञ्ज, वन कार्यालय तथा सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र बाटो खुलाउन गएको प्रहरी-सशस्त्र प्रहरीको संयुक्त टोली बिच झडप भएको थियो ।

सोही क्रममा गोली लागि बर्दिया मधुवन नगरपालिका वडा नम्बर -२ सोनाह निवासी १८ वर्षीया नविना चौधरीको घटनास्थल मै मृत्यु भएको र सोनाहकै राकेस चौधरीलाई काखिमा गोली लागेको ओराली बजारका स्थानीय युवा समाजसेवी श्रीधर भट्टराईले जानकारी दिनुभयो । राकेस चौधरीको काखीमा चोट लागेको छ । काखीमा गोलीले छोएर जाँदा चोट लागेको स्थानीयको दाबी छ । गोली कसले चलाएको हो खुल्न सकेको छैन । प्रहरीले हवाइ फाएर गरेको बताएको छ ।

मृतक नविना चौधरी मधुवन नगरपालिका वडा नम्बर – ४ ढोढरीमा रहेको नमुना उच्च माविमा परीक्षा दिएर फर्किंदै हुनुहुन्थ्यो । उहाँको कन्चटमा गोली लागेको स्थानिय युवा रविन पुरीले जानकारी दिनुभयो । ओराली बजारको चोक देखि ५० मिटर पुर्वमा गोली लागेर नविना ढल्नुभएको स्थानियले बताए ।

सो सडक खुलाउन गएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली र स्थानीय प्रदर्शनकारी बिच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरी स्रोतले बतायो ।

स्रोतले ११ राउन्ड अश्रुग्यास र १ लाइभ राउन्ड हवाई फाएर गरेको बतायो ।

स्रोतको दाबी अनुसार एक्कासि ढुंगा प्रहार भएको थियो र केही सुरक्षाकर्मी घाइते भएका थिए । सोही क्रममा एक जना वरिष्ठ हवलदार घाइते भएर लडेपछी उनको उद्धार तथा आत्म रक्षाको लागि हवाइ फाएर गरिएको हो ।

यता सशस्त्र प्रहरीले कति राउन्ड फाएर गरेको हो त्यो खुल्न सकेको छैन । अहिले सुरक्षा अधिकारीहरु छलफलमा ब्यस्त रहेको बताइएको छ ।
सुरक्षाअधिकारीहरु घटनाको अनुसन्धान भइरहेको भन्दै कुनै प्रतिक्रिया दिन चाँहदैनन ।

प्रहरीले ढुंगा प्रहार गर्दै आक्रमण गरेपछि गोली चलाउनुपरेको बताएको छ भने ओराली बजारका स्थानीयले प्रहरीले दमन गरेको आरोप लगाएका छन । प्रहरी स्रोतको दाबी अनुसार ढुंगा प्रहार भएपछि प्रहरी टोली ५०० देखी ६०० मिटर पछाडि हट्दै गएको र बिच जंगलमा पुगेपछि दुइतिरबाट घेरिएपछि फाएर खोल्नु परेको हो ।

त्यस्तै स्थानीयले करिब १४ राउन्ड फाएर भएको आफुहरुले आवाज सुनेको दाबी गरेका छन ।

हाल स्थितिलाई सामान्य बनाउन राजनितीक दलका नेता, सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुको छलफल भइरहेको बताइएको छ । यो क्षेत्रका धेरै वासिन्दाले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाइसकेका छन । राष्ट्रिय निकुञ्ज, वन कार्यालयले जंगली जनावरबाट प्रभावित क्षेत्रको रेखांकन गरि मेस वायर जाली लगाउनुपर्ने भन्दै स्थानीयले पटकपटक माग गरिरहेका छन । तर केन्द्र सरकारले पठाएको बजेट स्थानीय स्तरसम्म पुग्दैन । किन पुग्दैन त्यो आफैमा रहस्य बनेको छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको शीर्षकमा आउने बजेट कहाँ हराउँछ, कसले परिचालन गर्छ ? त्यसको लेखाजोखा छैन । नत पारदर्शिता नै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!