२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

बिक्की विरुद्ध बाँके प्रहरीमा जाहेरी, दर्ता गर्न प्रहरीको आनाकानी किन ?

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

(ABC-SANCHAR)
बाँके । बिक्की भनिने अतीत खान विरुद्ध पंकज श्रीवास्तवको श्रीमती सुशीला पौडेलले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिनुभएको छ ।

उहाँले बिक्कीले पटक पटक धम्काएको भनेर जाहेरीमा उल्लेख गर्नुभएको छ । उहाँले जाहेरीमा बिक्कीले अपराधिक लाभ “एक्टोर्सन” सम्बन्धि कार्य गर्दै आएको उल्लेख गर्नुभएको छ ।

पंकज श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो श्रीमतीले जाहेरी दिएको तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफ्नो जाहेरी प्रहरीकोमा थन्किएको ६-७ दिन भएको बताउनुभयो ।

उहाँले एउटा नेपाली नागरिकले जाहेरी दिँदा समेत प्रहरीले जाहेरी दर्ता नगर्नुआफैमा रहस्यमयी भएको दाबी गर्नुभयो ।

मिडियाको सम्पर्कमा आउनुभएका श्रीवास्तवले जाहेरी दर्ता गर्नपाउनु आफ्नो कानुनी नैसर्गिक अधिकार भएतापनी प्रहरीले जाहेरी दर्ता नै नगर्नु अर्थपूर्ण रहेको बताउनुभयो ।

उहाँले जाहेरी दर्ता गरेर अनुसन्धान गरेमा सम्पुर्ण कुराहरु बाहिर आउने दाबी गर्नुभयो ।

यस विषयमा हामीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेसँग जाहेरी दर्ता नहुनुको कारण बारे जिज्ञासा राख्दा डिएसपी न्यौपानेले जाहेरी आएको र प्रहरीले जाहेरीको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै प्रतिक्रियाको लागि बिक्कीको सम्पर्क नम्बरमा फोन सम्पर्क गर्दा उहाँको नम्बर स्विच अफ रहेको छ । नेपालकागजबाट

यो पनि अपहरण आरोप लागेका पंकजले भने, ‘म नेपाली नागरिक हुँ, गुलरिया मेरो घर हो, मलाई फसाइयो’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!