३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बिक्की विरुद्ध बाँके प्रहरीमा जाहेरी, दर्ता गर्न प्रहरीको आनाकानी किन ?

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

(ABC-SANCHAR)
बाँके । बिक्की भनिने अतीत खान विरुद्ध पंकज श्रीवास्तवको श्रीमती सुशीला पौडेलले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिनुभएको छ ।

उहाँले बिक्कीले पटक पटक धम्काएको भनेर जाहेरीमा उल्लेख गर्नुभएको छ । उहाँले जाहेरीमा बिक्कीले अपराधिक लाभ “एक्टोर्सन” सम्बन्धि कार्य गर्दै आएको उल्लेख गर्नुभएको छ ।

पंकज श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो श्रीमतीले जाहेरी दिएको तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफ्नो जाहेरी प्रहरीकोमा थन्किएको ६-७ दिन भएको बताउनुभयो ।

उहाँले एउटा नेपाली नागरिकले जाहेरी दिँदा समेत प्रहरीले जाहेरी दर्ता नगर्नुआफैमा रहस्यमयी भएको दाबी गर्नुभयो ।

मिडियाको सम्पर्कमा आउनुभएका श्रीवास्तवले जाहेरी दर्ता गर्नपाउनु आफ्नो कानुनी नैसर्गिक अधिकार भएतापनी प्रहरीले जाहेरी दर्ता नै नगर्नु अर्थपूर्ण रहेको बताउनुभयो ।

उहाँले जाहेरी दर्ता गरेर अनुसन्धान गरेमा सम्पुर्ण कुराहरु बाहिर आउने दाबी गर्नुभयो ।

यस विषयमा हामीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेसँग जाहेरी दर्ता नहुनुको कारण बारे जिज्ञासा राख्दा डिएसपी न्यौपानेले जाहेरी आएको र प्रहरीले जाहेरीको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै प्रतिक्रियाको लागि बिक्कीको सम्पर्क नम्बरमा फोन सम्पर्क गर्दा उहाँको नम्बर स्विच अफ रहेको छ । नेपालकागजबाट

यो पनि अपहरण आरोप लागेका पंकजले भने, ‘म नेपाली नागरिक हुँ, गुलरिया मेरो घर हो, मलाई फसाइयो’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!