२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एआईजी रबिन्द्र सिंह धानुकले मातहतका प्रमुखहरूलाई निर्देशन दिदै

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

ABC (क्राईमबिट)
काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले आज एक समारोहका बिच यस कार्यालय तथा मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

निर्देशन सम्बोधनका क्रममा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई आपसी भाईचारा अभिवृद्धी गरी एक जुट भएर उपत्यकाको शान्तिसुरक्षा कायम गर्न व्यावसायीक ढंगबाट अगाडी बढ्न निर्देशन दिनुहुँदै भ्रष्टचारमा सुन्य सहनशिलता, गुण्डागर्दीसंगको अवैध साँठगाँठलाई पुर्णरुपले बन्द गर्न र आफ्नो आचरण व्यवहारलाई सुधार गरी प्रहरी बर्दिको मर्यादालाई समेत ख्याल राखी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो ।

उपत्यका प्रहरीको कार्यशैलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाल सरकारकै शासकिय तथा शान्तिसुरक्षाको अवस्थाको बारेमा झ-झल्को दिने हुनाले उपत्यकाको प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने र उपत्यकामा जुनसुकै वेला जस्तोसुकै घटना पनि घट्न सक्ने हुनाले सम्पुर्ण प्रहरी ईकाइहरुले आ-आफ्नो आपतकालिन प्रहरी परिचालन योजना बनाई कार्यान्वय गर्न, फरार अपराधिहरुको तथ्याङ अद्यावधिक गरी योजना बद्द ढंगले कार्यान्वयन गर्दै यौनजन्य हिंसालाई सुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गरी सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा यस कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षकहरू, काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका, प्रमुख, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका निमित्त प्रमुख, काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रमुख, जिल्ला प्रहरी परिसर, काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुखहरू, काठमाण्डौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगंजका प्रमुख, गणका प्रमुखहरू, सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई, रामशाहपथका प्रमुख, घुम्ती पर्यटक प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणका, प्रमुख, नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथदेवलका प्रमुख लगायत बृत्तका प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]