२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

खोटाङमा बाइकको ठक्करबाट राप्रपा नेता जीवनकुमार श्रेष्ठको निधन

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

(ABC=SANCHAR)
खोटाङ । बाइकको ठक्करबाट राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी साधनको चापलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ । गत २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठमाडौंमा उपचारका क्रममा २२ जेठमा निधन भएपछि दिक्तेल बजारमा सवारी साधन प्रवेशमा केही कडाई गर्ने निर्णय गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले दिक्तेल बजारमा थप सवारी दुर्घटना हुन नदिनका लागि भन्दै दैनिक बिहान ९ः३० बजेदेखि बिहान १० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । विशेषगरी दिक्तेल बजारमा विद्यालय जाने र फर्कने बालबालिकालाई लक्षित गर्दै सवारी साधनको चाप नियन्त्रण गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । दिक्तेलबजारमा बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्किनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारी साधनले जुनसुकै बेला ठक्कर दिने खतरा बढ्दो छ ।
दिक्तेल बजारमा सवारी दुर्घटनाको त्रास पहिल्यैदेखि थियो । पछिल्लो दुर्घटनाले थप त्रास बढाएको हो । बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्‍याउँदै विद्यालय पुर्‍याउन र ल्याउन थालेका छन् । ट्राफिक प्रहरीले किरात चोकमा बसेर सवारी चेक गर्ने गरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने अभिभावक एवं जसपाका नेता नविन राई बताउँछन् ।
सवारी दुर्घटना लगत्तै दिक्तेल बजारमा सवारी साधनको प्रवेशमा कडाई गरिएको यो दोस्रोपल्ट हो । १ जेठ २०६९ दिक्तेल बजारमा ट्याक्टरले किच्दा माउन्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भएको भोलिपल्टै उद्योग बाणिज्य संघको आव्हानमा बसेको यातायात व्यवसायी तथा तत्कालिन दिक्तेल गाविसको बैठकले दिक्तेल बजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः फितलो हुँदै गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]