२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

रुपन्देहीमा पेट्रोलियम पदार्थको कारोबार सुरक्षा जानकारी सचेतना अग्नी नियन्त्रण तालिम गोष्ठी

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९


(सागर थापा)
रुपन्देही । नेपाल आयल निगम लि.भलवारीले आयोजना गरेकाे पेट्रोलियम पदार्थको काराेबार,सुरक्षा सम्बन्धि जानकारीमुलक सचेतना अभिवृद्धि तथा अग्नी नियन्त्रण सम्बन्धि एक दिवसिय गाेष्ठीलाई तीनचरणमा विभत्त गरि (कर्मचारी तथा सुरथा सेना, पेट्राेलियम व्यवसायी, स्थानिय निकाय नागरिक समाज) सम्मिलित समूह वनाई अग्निकाे सम्भावित जाेखिम, नियन्रण, निगमसंग रहेकाे पूर्वाधार समेतलाइ समेटेर डिपाेका प्राविधिक ई० सविन सापकाेटाले तयार गर्नु भएकाे प्रस्तुतिकरणका साथमा जाेखिमवाट वच्न,जाेखिम न्यूनिकरणका उपाय, घनावस्तिवाट डिपाे स्थानान्तरण सम्वन्धमा निगम केन्द्रीय कार्यालयका नायब कार्यकारी निर्देशक श्री सुशील भट्टराई ज्यू,निर्देशक श्री बिरेन्द्र गोईतज्यूले सुझाव, तथा जिज्ञासाकाे जवाफ दिदै आगामि दिनमा याेजनाका वारेमा जानकारी एवं सुरक्षा तथा स्थानान्तरणकाे थप गृहकार्य गर्ने प्रतिवद्वता सहित जेष्ठ १३ गते अदम्य साहासका साथ अग्नि नियन्त्रण कार्यमा जुट्ने सवैलाई हार्दिक धन्यवाद दिनु भयाे ।

कार्यक्रममा तिलाेतमा नगरपालिका मेयर श्री रामकृष्ण खाणज्यू, स्थानिय नागरिक समाजका अगुवा, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशाेसिएसनका अध्यक्ष श्री प्रेम न्याैपानेज्यू,नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशाेसिएसनका केन्द्रीय सचिव श्री हिमाल गैरेज्यू टैकंर व्यवशायी सघंका अध्यक्ष श्री राकेश कुमार कसाैधनज्यू लगाएत व्यवसायि मित्र तथा स्थानिय कलवका अध्यक्ष तथा सदस्यहरुले आफ्ना सुझाव समेत राखि, निगमकाे अग्निनियन्त्रण साधानहरुबाट डिपाे कर्मचारी तथा सुरक्षा कर्मिले गरेकाे फायर ड्रिलकाे अवलाेकन गर्नु भएकाे थियाे ।

निगमले छाेटाे सुचना दिएर राखेकाे एक दिवसिय कार्यक्रम उपस्थित सम्पूर्ण सवै प्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ।

पेट्राेलियम मजदुर चालक, सहचालक लगायत अन्य स्टेकहाेल्डर समेतकाे लागि व्यवहारिक ज्ञान समेतकाे तालिम शिघ्र राख्ने प्रतिवद्वता जाहेर गर्दछौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]